काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने तथा उनीहरुको समस्याको समाधान गर्ने महान उदेश्यले स्थापना भएको अमेरिकामा स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई महान समाजसेवीको उपाधि दिएको छ।

समाजसेवाको अन्तरराष्ट्रिय क्षेत्रमा अग्रणी संस्था पशुपति अन्नपूर्ण आश्रमले उक्त उपाधि सहित आफ्नो आश्रमको अन्तरराष्ट्रिय समिति अन्तर्गतको अमेरिका संरक्षक पदमा मनोनित गरेको हो।

आश्रमका केन्द्रिय अध्यक्ष तथा इन्टरनेशनल फिगर प्राध्यापक डा.जगदीश बैद्यव्दारा जारी बधाई तथा शुभकामनामा स्वैच्छिक पद त्याग नगरेसम्म पशुपति अन्नपूर्ण आश्रम अन्तरराष्ट्रिय समिति अन्तर्गत अमेरिकाको संरक्षक पदमा मनोनित गरेको उल्लेख गरिएको छ।

पशुपति अन्नपूर्ण आश्रमको अन्तरराष्ट्रिय समिति अमेरिकाको संरक्षक पदमा मनोनित भएको लगतै प्रतिक्रिया दिदै हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले यो गौरबताको विषय हो भनेका छन्। यस पदलाई उच्चता कायम गर्दै विशेष भूमिका निर्वाह गर्ने केन्द्रिय अध्यक्ष लामाले प्रतिज्ञा गरेको भिजन संसार डटकमलाई बताएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।