काठमाडौं। हाल क्यानाडामा रहेका प्रभावशाली नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक ईश्वर थापा एक पछि अर्को चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त बनिरहेका छन्।

यिनै निर्देशक थापाको पछिल्लो निर्देशन रहेको गत्तिलो नयाँ म्युजिक भिडियो आज तिमी मलाई सार्वजनिक भएको छ।

यस गीतको भिडियोमा पुराना मोडेल कलाकार उद्धब मौसम सापकोटाका साथमा प्रतिभाशाली नयाँ कलाकार अनुषा अधिकारीले डेब्यु गरेकी छन्। अनुषाको यस गीतको भिडियोमा अत्यन्त आशलाग्दो अभिनय रहेको छ।

अमेरिकाको न्यूयोर्कमा आयोजित मिस नेपाल अमेरिका २०१८ मा भाग लिएर अनुषाले कम्युनिटी आउटरिच टाइटल जितेकी छन्।

यस म्युजिक भिडियोका गायक–गायिकामा सुरज कुमार थापा र बानिका प्रधान हुन्। संगीतकार नारायण ओली र गीतकार राखी गौचन रहेका छन्।

निर्देशक थापाको निर्देशन तथा सम्पादनमा यस भिडियो तयार भएको हो। सहायक निर्देशन आयुष अधिकारी, द्रोण गेरीको रहेको छ। मेकअप रे किरणले गरेका हुन्।

प्रस्तुत छ–निर्देशक थापाको विलकुलै नयाँ बेजोड गीतको भिडियो-

प्रकाशन मिति–२०७५ साल कात्तिक २५ गते आइतवार ।