काठमाडौ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ। ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो।

ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा मिहिन कुरालाई जनसमक्ष ल्याउने कोशिश गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुको बस्तुस्थिति र त्यही बसेका नेपाली कलाकारहरुलाई समेटिएर बडा राम्रो तरीकाले निर्माण भएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन्।

प्रकाशन मिति–२०७५ साल असार २३ गते शनिवार ।