sagarmatha Mt. Everestकाठमाडौ। ल्याटिन अमेरिकाका कलाकार फकुन्डो अरना सहित १८ जना आरोहीले आज सोमवार सगरमाथाको सफल आरोहण गरेका छन्। अरनासहित नौ विदेशी र नौ नेपालीले बिहान सगरमाथाको सफल आरोहण गरेको ट्याग नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक गोविन्द गुरुङले राससलाई जानकारी दिए।

गुरुङले ग्रीष्म ऋतुको यस मौसममा आफ्नो कम्पनीबाट गएका सबै १८ आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेको बताए। यस ऋतुको यस मौसममा सगरमाथा आरोहणको १३ औँ दिन आजसम्म ३९६ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरामा पुगेका छन्।

यद्यपि आज सोमवार कति सङ्ख्यामा आरोही सगरमाथाको चुचुरामा पुगे भन्ने यकिन विवरण आइनसकेको पर्यटन विभागले जनाएको छ। रासस
प्रकाशन मिति–२०७३ साल जेठ १० गते सोमवार ।