काठमाडौं। विश्वको बैभवशाली मुलुक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना ल्याएका छन्। बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता सहित उक्त योजना ल्याएका हुन्।

कोभिड नियन्त्रणका लागि स्वास्थ्य टीम घोषणा गरिसकेको जनाउँदै राष्ट्रपति बाइडेनले एक सय दिनसम्म अमेरिकीहरुलाई मास्क लगाउन आग्रह गरेका छन्।
राष्ट्रपति बाइडेनले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि वताएका छन्।

डेलावेयरमा आयोजित पत्रकार सम्मेलनमा क्रममा राष्ट्रपति बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गरेका हुन्। आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपायहरु अवलम्बन गरिने पनि वचन दिएका छन्।


(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७७ साल मंसीर २४ गते बुधवार ।