M/s Monika Lebenski-A popular lady of World.
M/s Monika Lebenski-A popular lady of World.

काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सका कारण अत्यन्त चर्चामा आएका मोनिका लेवेन्स्की यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा संलग्न बनेकी छन्।

क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु परेको थियो।

M/s Monika Lebenski with Past Presendent of USA Mr. Bill Clinton.
M/s Monika Lebenski with Past Presendent of USA Mr. Bill Clinton.

लामो समयदेखि गुमनाम जीवन बिताइरहेकी मोनिका अहिले भने यौन उत्पीडनविरुद्ध इन्टरनेटमा चलाइएको ‘मी टू’ अभियानमा जोडिन आइपुगेकी हुन् ।ट्वीट गर्दै अभियानमा समर्थन जनाए पनि मोनिकाले आफ्नो अनुभव भने सार्वजनिक गरेकी छैनन् ।

सन् १९९८ मा क्लिन्टनसँगको मामला सार्वजनिक भएलगत्तै मोनिकामाथि ‘चरित्रहीन’ भएको आरोपसमेत लागेको थियो । हाल मोनिका अनलाइन उत्पीडन र साइबर बुलिंग पीडितका लागि काम गरिरहेकी छन् । हलिउड फिल्मका निर्माता हर्वी वाइनस्टीनको सेक्स स्कैंडल सार्वजनिक भएपछि विश्वभर ‘मी टू’ अभियान चलाइएको छ ।

Monika with Clintonयूनिसेफका अनुसार संसारमा एक करोड बीस लाख महिला कुनै न कुनै रुपमा यौन दुर्व्यवहारको शिकार भएका छन् । .(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २ गते विहीवार ।