काठमाडौ। अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग अब सर्वसाधारणले पनि आफ्ना कुरा राख्न पाउने भएका छन्। अमेरिकी नागरिक मात्र नभई विभिन्न देशका नागरिकले पनि ओबामालाई प्रश्न सोध्न पाउने व्यवस्था गरिएको वाइट हाउसस्थित राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति ओबामालाई फेसबुक म्यासेन्जरबाट म्यासेज पठाउन सकिने ह्वाइट हाउसले जनाएको छ।

Barak Obamaओबामाले दैनिक १० वटा म्यासेज पढ्नेछन्। ओबामालाई म्यासेज पठाउन नयाँ केही गर्नुपर्दैन। अन्य साथीहरुलाई जस्तै ह्वाईट हाउसको फेसबुक पेजमा गएर म्यासेज बक्समा सोझै लेख्न सक्नुहुनेछ। ह्वाईट हाउसको फेसबुक पेजको म्यासेजमा क्लिक गर्नुहोस। जहाँ क्लिक गरेपछि ‘लेट्स गो’ भन्ने ‘अस्पसन’ आउँछ।

त्यहाँ तपाईंले क्लिक गरेपछि फेरि तपाईंलाई राष्ट्रपति ओबामालाई के सोध्न चाहनुहुन्छ भन्ने म्यासेज आउनेछ। त्यसपछि ओबामालाई सोध्ने प्रश्न तपाईले टाइप गर्न सक्नुहुनेछ। तपाईं जस्तै धेरैले अमेरिकी राष्ट्रपतिलाई प्रश्न गर्ने भएकाले उनले प्रत्येक दिन १० म्यासेज पढ्नेछन्। तपाईंको म्यासेज ओबामाले पढेमा फेसबुकको म्यासेज बक्समा नोटिफिकेसन आउनेछ।
(एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।