Bushवासिंगटन। अमेरिकाका ९२ वर्षका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सन्चारमाध्यमहरुले बुधबार जनाएका छन्।

बुसको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए। बुसलाई अहिले अस्पताल भर्ना गर्नुको कारणकाबारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटक–पटक भर्ना गरिएको थियो। जीवित चारजना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको हुन्।

बुस सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। एएफपी
प्रकाशन मिति–२०७३ साल माघ ६ गते विहीवार ।