काठमाडौ। अमेरिकाकी चर्चित गायिका बियोन्से जुम्ल्याहा बच्चाकी आमा बन्ने भएकी छन्। गर्भवती वियोन्सेको गर्भमा जुम्ल्याहा बच्चा भएको डाक्टरले भनेपछि उनी डब्बल खुशी बनेकी छन्।

Beyonce-pregnant

एक खुशी मात्र होइन, दुई खुशी एकसाथ आउन लागेकोमा आफू र आफ्नो श्रीमान जे जेड अत्यन्त खुशी भएको उनले आफ्नो इन्स्टाग्राममा उल्लेख गरेकी छन्। वियोन्सेले बच्चा जन्मिने डेट भन्ने उल्लेख गरेकी छैनन्।

वियोन्सेकी पहिलो सन्तान छोरी रहेको छ। जसको उमेर यतिखेर पाँच बर्ष पुगिसकेको छ। जसको नाम ब्लू आइभी हो । अकोतर्फ सन् २०१७ को ग्रामी अवार्डका लागि वियोन्सेको नाम मनोनयनमा चुनिसकेको छ।

उनी ग्रामी अवार्डको लागि अहिलेसम्मको सबैभन्दा धेरै पटक सूचीमा पर्ने महिला बनेकी छिन् । ३५ वर्षकी स्टार बियोन्से क्यालिफोर्नियामा अप्रिलमा आयोजना हुन लागेको संगीत महोत्सवमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।