Austin Texas Health Camp 1–पिया रविन
अस्टिन, टेक्सास। अमेरिकाको टेक्सास अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली सोसाइटीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । हरेक वर्ष झै ग्रेटर अस्टिन नेपाली सोसाइटीले मौसमको परिवर्तनसंगै मानिसको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखेर यो बर्ष पनि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविर अस्टिनको राधामाधव धाम, वर्सनाधाममा गरिएको थियो ।

Austin Texas Health Camp 6शिविरमा फ्लू भ्याक्सीन निःशुल्क उपल्ब्ध गराउनुको अलावा ब्लड प्रेसर, सुगरको निःशूल्क स्वास्थ्य जाँच परिक्षणका साथै परामर्स दिईएको थियो ।
आइतवार भएको शिविरमा नेपाली मात्र नभइ स्थानिय बासीन्दा र भारतिय मुलका नागरिकहरू पनि लाभान्वित भएका थिए ।
Austin Texas Health Camp 4बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म शिविर संचालनमा डा.प्रमोद शर्मा, कृष्ण जीसी,अनुषा ढकाल,शर्मिला भट्ट,भावना विष्ट, चाइना अधिकारीका साथै अनिता केसी र प्रशन्ना बस्नेत लगाएतका स्वास्थ्यकर्मीको सहयोगबाट लगभग दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
उक्त शिविरमा सिटी अफ अस्टिनले पनि स्वास्थ्यकर्मी पठाइ शिविरमा सहयोग पुर्याएका थिए।

Austin Texas Health Camp 3फोटो– पिया रबिन

प्रकाशन मिति–२०७४ साल २३ गते सोमवार ।