USA flageकाठमाडौ। अमेरिकाको इतिहासमा सवैभन्दा बढी बन्दी कैदीलाई एकसाथ रिहा गरिएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले २ सय १४ बन्दी कैदीको सजाय माफ गरेर बुधवार रिहा गरेका हुन्।

ओबामाले हालसम्म ५ सय ६२ कैदीको सजाय माफ गरिसकेका छन्। पछिल्लो सय वर्षको इतिहासमा कुनै राष्ट्रपतिले यति धेरै संख्यामा एक साथ कैद माफी गरेको यो पहिलो घटना भएको ह्वाइहाउसले जनाएको हो ।

USA Bandi Kaidi Riha

लागू औषधसँग सम्बन्धित मुद्दामा कैद परेकाहरुको कैद माफी गरिएको हो । जसमध्ये ६७ जना त आजीवन कैद भोगिरहेका थिए । पछिल्ला ९ राष्ट्रपतिले आफ्ना कार्यकालमा जति जनालाई सजायँ माफी दिएका थिए आफूले त्योभन्दा पनि बढीलाई माफी दिएको ओबामाले उल्लेख गरेका छन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन २० गते विहीवार ।