काठमाडौ। अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन्। गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन्।

घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन्। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २९ गते बुधवार ।