काठमाडौं। विश्वका आम मानिसको प्रभावशाली माध्यम फेसबुकको प्रधान कार्यालयमा नेपाली चेली बरिष्ठ सफ्टवेयर इञ्जिनियर बनेकी छन्। नेपाली चेली बेअबु राई फेसबुकको प्रधान कार्यालयमा वरिष्ठ सफ्टवेयर इन्जिनियर बनेकी हुन्।

उदयपुर रौनामाई गाउंपालिका–२ सालथुम्का घर भएकी २९ बर्षिया नेपाली चेली बैअबु राई अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा यसै सातावाट काम शुरू गरेकी छन्। आमा शान्ता राई र बाबु म्याम्बर राईको कोखबाट जन्मिएकी बैअबुले उदयपुरको गाईघाटस्थित लालीगुराँस आवासीय विद्यालयबाट पढाई शुरु गरेकी हुन्।

पढाईमा लगनशील बैअबुले पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेकी थिइन्। बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी बैअबुले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमै पढ्ने मौका पाइन्। बैअबुले अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिबाटै कम्युटर साइन्समा सन् २०१३ मा ग्राजुएटेड भएकी हुन्।
प्रकाशन मिति–२०७७ साल माघ ८ गते विहीवार ।