Texas Samundrik Adhiकाठमाडौ। अमेरिकाको टेक्सास राज्यले ‘हार्वे’ नामक समुद्री तुफान आउन लागेको भन्दै सचेत रहन चेतावनी दिएको छ । मेक्सिकोको खाडी क्षेत्रमा रहेको हार्वे तुफान टेक्सासतर्फ लागेकाले सचेत रहन त्यहाँको सरकारले चेतावनी दिएको हो।

तुफानका कारण ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताएका छन् । हार्वे तुफान स्थानीय समय अनुसार शनिबार बिहानसम्ममा टेक्सासको तटीय क्षेत्रमा ठोक्किन अनुमान गरिएको छ।

तुफानका कारण ठूलो पानी पर्ने र पहिरोसमेत जानसक्ने सम्भावना रहेको गभर्नर एबटले बताए । तुफानको गति २ सय १५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्ने अनुमान छ । यसका कारण १ सय २ सेन्टिमिटरसम्म पानी वर्षा हुन सक्नेछ।

पछिल्लो १२ वर्षमा आएका तुफान मध्ये हार्वे सबैभन्दा खतरनाक हुन सक्ने भन्दै प्रान्तीय गभर्नर एबटले संघीय मद्दतका लागि आह्वान गरेका छन् । तुफानका कारण टेक्सासको ह्युस्टन क्षेत्रमा ठूलो बाढी आउने खतरा रहेको अमेरिकाको राष्ट्रिय चक्रवात केन्द्रले चेतावनी दिएको छ ।(समाचारएजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र १० गते शनिवार ।