Dhurmush Suntali sahayog-रबिन पिया,अस्टिन,टेक्सास
गत साल महाभुकम्पबाट देशमा धनजनको निकै क्षति भएको बेला,देश रोएको बेला सिताराम कट्टेल (धुर्मुस) र कुञ्जला घिमिरे (सुन्तली) अमेरिकाको विभिन्न शहरहरूमा कार्यक्रम प्रस्तुत गर्दै हँसाउँदै हिंड्दा उनीहरू खुशी थिएन्न। अस्टिनमा कार्यक्रम गर्दा देश संबन्धमा सम्बाद गर्दा उनीहरू भावविह्वल हुन्थे, आँखामा आँसू देखिन्थ्यो। देश रोएको बेला त्यसरी हँसाउँदै हिंड्नु पर्दा उनीहरू आफूलाई निकै पीड़ा भएको महसुष गर्दै थिए।

अन्तत सच्चा देशप्रेमी !” देश रोएको बेला हामी यसरी हँसाउँदै हिंड्न सकेका छैनौं ,हामी नेपाल फर्कंदैछौं , देश र हाम्रा आमा बुवा,दाजुभाई,दिदीबहिनीहरू आपतविपतमा परेका बेला हामीले सहयोग गर्नुपर्छ भनी अमेरिकाको विभिन्न शहरको कार्यक्रम रद्द गरि नेपाल फर्केका उनीहरू आज उदाहरणका रूपमा नेपाल र नेपालीहरू माझ मात्र नभइ विश्वमा हिरो भएको छ। सोही उनको विश्वसनीयता, ईमान्दारिता , मेहनती र परिश्रमी देखेर विश्वमा छरिएर रहेका नेपालीहरूले आत्मासाथ सहयोग पनि गरिरहेका छन् ।

सो अनुरूप दोस्रो चरणको ” गिरान्चौर एकिकृत बस्ती निर्माण”का लागि अमेरिकाको टेक्सासको राजधानी अस्टिनमा बसोबास गरिरहनुभएका अनील दुलाल,भूपेन्द्र न्यौपाने र बशन्त अधिकारीको सक्रिएतामा दश हजार एक सय पचास डलर (दश लाख छयासी हजार रूपियाँ ) संकलन गरि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जला घिमिरे (सुन्तली)लाई उक्त रकम हस्तान्तरण गरिएको छ।

यसै सन्दर्भमा यस प्रतिनिधिले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जला घिमिरेलाई सम्पर्क गरि : अस्टिनवासीबाट तपाईहरूको कार्यलाई सफल बनाउन सानो भए पनि सहयोग गरिएकोमा कस्तो लागिरहेको छ ? भनी प्रश्न गर्दा -“यो सानो सहयोग होईन! निकै ठूलो सहयोग हो । यो जुन सहयोग अस्टिनवासीले गर्नुभयो, हामीलाई अति नै गर्व लागेको छ । हामी एकदमै खुशी छौं । भन्नुभयो । साथै हाम्रो सहयोगका लागि सक्रिएताका साथ सहयोग जुटाउन लाग्नुभएका अनील दुलाल,भूपेन्द्र न्यौपाने, बशन्त अधिकारीका साथै अस्टिनवासीहरुलाई धेरै धेरै धन्यबाद ब्यक्त पनि गर्नुभयो ।
सो उक्त सहयोग रकम एक सय तेर्ह(११३) जनाबाट संकलन गरिएको अनील दुलालले बताउनुभएको छ ।
प्रकाशन मिति–२०७३ साल जेठ १८ गते मंगलवार ।