काठमाडौं। तमु ल्होसार नयाँ बर्षमा आयोजित कार्यक्रममा तमु गुरुङ चलचित्रकी नायिका एन्सर्ज तमु गुरुङलाई सम्मानित गरिएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित भव्य तथा सभ्य तमु ल्होसार कार्यक्रममा नायिका एन्सर्ज तमु गुरुङलाई सम्मान गरेको हो।

तमु प्ये ल्हु संघ न्यूयोर्कको आयोनमा भएको कार्यक्रममा नायिका एन्सर्ज तमु गुरुङको अलावा नविना तपुस्यो, प्रेम तमु, नरविर तमु, रुथमान तमु, गीता राई लगायतलाई पनि सम्मान गरिएको थियो। सोही कार्यक्रममा संस्थाका आजीवन सदस्यता लिएका भीमप्रसाद तमु, चन्द्र तमु र प्रेम तमुलाई पनि सम्मान गरिएको थियो।

आयोजक तमु प्ये ल्हु संघ न्यूयोर्कका अध्यक्ष मिलन तमुको अध्यक्षतामा सञ्चालित कार्यक्रममा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। अमेरिकाको पहिलो तमु संस्था तमु समाजका संस्थापक अध्यक्ष तुल्सीप्रसाद तमुको विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो।

तमु च्यु ल्होसार–२०७६ कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाहरुका नेतृत्व र प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सम्मानित नायिका एन्सर्ज गुरुङले मनमोहक नृत्य पनि प्रस्तुत गरेकी थिइन्।


प्रकाशन मिति–२०७६ साल पुस २६ गते शनिवार ।