काठमाडौ। नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ। अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि ति क्षेत्रमा सहयोग गर्दै आएकी लुना रञ्जितको योगदानको कदर गर्दै न्यूयोर्कका मेयर ब्याजियोले उनको नाममा हरेक सेप्टेम्बर २८ तारिखमा दिन लुना रञ्जित दिवस मनाउने घोषणा गरेका हुन्।

luna-ranjit

नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ। लुनालाई यसअघि ग्रिनेल कलेजले एक लाख डलरको पुरस्कारले सम्मानित गरेको थियो भने लुनाको संस्थागत पहलमा न्यूयोर्कमा घरेलु कामदार बालबालिकाको अधिकार सम्बन्धी कानुन पनि पारित भएको छ। काठमाडौंमा जन्मिएकी लुनाले अर्थशात्र र गणितमा नेपालको बुढानिलकण्ठ स्कुलबाट ए लेभलको अध्ययन गरेकी थिइन्।

सन् १९८२ देखि काठमाडौंको सेन्ट मेरी हाइ स्कुलमा अध्ययन सुरु गरेकी लुनाले सोही स्कुलबाट सन् १९९३ मा एसएलसी पास गरेकी हुन्। अध्ययन सकेपछि उनले आफ्नो समय सामाजिक कार्यका खर्चन थालेकी हुन्। अधिकारमा आवद्ध हुनेताका उनले सन् २००५ मा एचआईभी एड्स सम्बन्धि संस्थामा काम गरिन्।

त्यो भन्दा अगाडि उनले दक्षिण एसियाका कामदारहरुको संस्था आन्दोलनमा अभियान संयोजक भएर काम गरिन। उनले आन्दोलनमा सन् २००४ देखि सन् २००५ सम्म काम गरेकी हुन्। त्यो भन्दा अगाडि सन् २००० देखि सन् २००२ सम्म उनले शैक्षिक विकाश प्रतिष्ठानमा प्रोग्राम एसोसियटका रुपमा काम गरेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार ।