काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा दुई दिने फेशन एण्ड ब्युटी एक्स्पो–२०१७ नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत डिसेम्बर १५ र १६ तारिखमा आयोजित उक्त कार्यक्रम न्यूयोर्कबाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो।

Mr. Rajiv Shrestha-Dasing Glamour Photographer of Nepal

जसमा नेपालका प्रख्यात फोटोग्राफर राजीव श्रेष्ठले फोटोग्राफीको कमालै देखाएका थिए। फोटोग्राफर श्रेष्ठले खिचेका फोटोले यतिखेर त्यस कार्यक्रमको रौनकतालाई अझ बढाएको महशुश गरिएको छ।

आयोजक पत्रिकाका संस्थापक अङ्कित रौनियारका अनुसार कार्यक्रम अत्यन्त सफल तथा भव्य बन्नमा सवैको सहयोग र साथ रह्यो। त्यसमाथि अमेरिकामा हाल अत्यन्त चर्चामा रहेकी नेपाली मोडल रिमा केसीले अमेरिकी मोडलहरुसंग गरेको फेशन–शो थप चर्चाको विषय बनेको थियो।


प्रकाशन मिति–२०७४ साल पुष ६ गते विहीवार ।