USA press meet 1काठमाडौ। अमेरिकाको फ्लोरिडामा आगामी जुन १७ देखि १९ तारिखसम्म तीनदिने माइन्ड पावर नेपालीहरुको हिडन ट्यालेन्ट प्राक्टिकल वर्कसप आयोजना हुने भएको छ। उक्त वर्कसपमा विश्वभर छरिएर रहेका हिडन ट्यालेन्ट नेपालीहरुको सहभागिता हुने भएको छ।

नेपालको विकासको वाटोमा दिगो तरिकाले योगदान दिने वर्कसपको पूर्वजानकारी दिने कार्य काठमाडौको कमलादी स्थित प्रज्ञाभवनको प्रेक्षालयमा आइतवार आयोजित कार्यक्रममा भएको छ। नेपालका चर्चित अभिनेता मनोज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्काइप मार्फत विभिन्न देशमा रहेका एनआरएनहरुको प्रत्यक्ष धारणा तथा विचार पनि प्रस्तुत गरिएको थियो।

USA press meet 3सांगीतिक कार्यक्रमका साथमा भएको कार्यक्रममा स्काइपवाट नेपालमा सन्देश प्रवाह गर्ने प्राय एनआरएनहरुले विदेशीले नेपालको हित नगर्ने र नेपालको हितको लागि नेपालीले नै कार्य गर्ने धारणा राखे। उनीहरुले नेपालीलाई भूकम्पले नमारेको तर्क राख्दै नेपालको पोलिटिक्सले मारेको आक्रोस समेत पोखे। नेपालको विकासमा हाइड्रोपावर निर्विकल्प रहेको र यसमा एनआरएनहरुले लगानी गर्ने बताए।

USA press meet 2

स्काइपवाट धारणा राख्नेहरुमा अमेरिकावाट इन्जिनियर सूर्य लम्साल, डा.दर्शन रौनियार, इन्जिनियर कपिल पौडेल, रोजर बधिकारी, रामप्रसाद खनाल रहेका छन्। जापानवाट नविनसागर सापकोटा, लण्डनवाट गुणदेव घिमिरे, अष्ट्रेलियाका प्रल्हाद केसीले वोलेका थिए। काठमाडौमा नै रहेका कतारका एनआरएन प्रवक्ता नन्दप्रसाद ढुंगानाले पनि आफ्ना विचार राखेका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख ५ गते आइतवार ।