बाल्टिमोर । इनास मेरिल्याण्डको आयोजनामा इनास अनप्लग नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। जनवरी १८ का दिन अमेरिकाको बाल्टिमोरमा उक्त कार्यक्रम हुने भएको हो।

जसमा दुई दर्जन भन्दा बढी नेपाली कलाकारहरुको व्यापक सहभागिता हुने आयोजक इनास मेरिल्याण्डका अध्यक्ष श्रीजन ताम्राकारले बताएका छन्। नयाँ बर्ष २०२० को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा अमेरिकामा रहेका २६ जना नेपाली कलाकारहरुको भव्य तथा सभ्य विशिष्ट सांगीतिक प्रस्तुति हुने भएको छ।

द एन्जल ब्यान्डका राजु लामा देखि नबोदित कलाकारहरुले पनि दमदार सांगीतिक प्रस्तुति पस्कने तयारी भैरहेको जानकारी आयोजक संस्था इनास मेरिल्याण्डका अध्यक्ष श्रीजन ताम्राकारले भिजन संसार डटकमलाई भनेका छन्। कार्यक्रम हेर्नका लागि आम दर्शकहरूले निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ ३ गते शुक्रवार ।