काठमाडौं। नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा अमेरिकामा कलिउड नाइट कार्यक्रम भएको छ। अमेरिकाको भर्जिनियामा भव्य तथा सभ्य कलिउड नाइट कार्यक्रम भएको हो।

दशैं तथा तिहारको शुभकामना आदान–प्रदान कार्यक्रम सहित उक्त कलिउड नाइट कार्यक्रम भएको जानकारी अमेरिकावाट ख्यातिप्राप्त मोडल तथा अभिनेत्री रिमा केसीले भिजन संसार डटकमलाई दिएकी छन्।

के.सी डान्स सेन्टरको आयोजनामा भएको कलिउड नाइटमा त्यहाँ रहेका कलाकारहरुले आ–आफ्ना विविध प्रस्तुति पस्केर सवैलाई मनमगन बनाएका थिए। आयोजक के.सी.डान्स सेन्टरका प्रमुख दुई दिदीभाइ लुना श्रेष्ठ तथा नविन केसीको अथक मेहनतले यो कार्यक्रम भव्य तथा सभ्य रुपमा संपन्न भएको हो।

आयोजक के.सी.डान्स सेन्टरले सन २०१७ देखि विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिउड नाइट’ प्रस्तुत गर्दै आइरहेको हो । यसैको तेश्रो श्रृङखलाको रुपमा गत सेप्टेम्बर २८, २०१९ का दिन ‘कलिउड नाइट–२०१९’ भर्जिनियाको एनान्डेलमा संपन्न भएको हो ।


प्रकाशन मिति–२०७६ साल असोज १५ गते बुधवार।