टेक्सास(अमेरिका)। अमेरिकाको टेक्सास स्थित डलासमा आइतवार संपन्न मिस नेपाल युएसए–२०१८ को व्यापक नै चर्चा तथा परिचर्चा भएको छ। यसरी चर्चा तथा परिचर्चा हुनुको पछाडि मिस नेपाल युएसए–२०१८ का अफिसेली बरिष्ठ कोरियोग्राफर सुरेश मानन्धरको चमत्कारले नै हो।

कोरियोग्राफर मानन्धरले अमेरिकामा नेपाल र नेपालीको पहिचान तथा गौरबतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने गौरबमय कार्य गरेका छन्। बुद्ध इज बर्न इन नेपाल भन्ने पहिचानलाई प्रस्तुत गर्न जहाँ छन्–बुद्धका आँखा गीतको पृष्ठभूमिमा प्रतियोगीहरुलाई सोही अनुरुपको पहिरनमा हाउभाउ तथा शैली प्रस्तुत गर्ने र गराउने कार्यदेखि नेपालका मौलिक जातजातिका एक से एक पहिरनमा क्याटवाक गराएर नेपाली जातिय पहिचानलाई प्रस्तुत गर्ने कार्य भएको छ।

अर्कोतर्फ नेपालमा महिला सशक्तिकरणको महिमालाई जीवित देवी कुमारीको पहिचानलाई मिस नेपाल युएसए–२०१८ को र्याम्पवाट प्रतियोगीहरुवाटै प्रस्तुत गराउने कार्यमा पनि कोरियोग्राफर मानन्धरले गजबै गरेर देखाएका छन्। अनि हाल अमेरिकामा नै रहेका नेपालका ख्यातिप्राप्त गायक निमा रुम्बाले आफ्नो बहुचर्चित गीत मिस क्याटवाक बोलको गीत गाउंदा प्रतियोगीहरुले गीतकै भाकामा बेग्लै ढंगवाट क्याटवाक गराउने कार्य पनि कोरियोग्राफरवाटै भएको हो।

कोरियोग्राफर मानन्धरको यो बेजोड शैलीको प्रमुख अतिथिको रुपमा आइपुगेका नेपालका लागि अमेरिकाका पूर्व राजदूत तथा हाल अमेरिकामा सोरवे फाउण्डेसनका कार्यकारी निर्देशक स्कट डेलिसीले समेत व्यापक तारिफ गरेका थिए।

प्रमुख अतिथि डेलिसीले मानन्धरलाई उत्कृष्ट कार्यको सम्मान पनि प्रदान गरेका थिए। सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरवाट प्रारम्भ भएको मिस नेपाल युएसएमा कोरियोग्राफर मानन्धरको सहभागिता सन् २०१४ वाट भएको हो।

सन् २०१८ को इनिङमा कोरियोग्राफर मानन्धरको प्रस्तुतिले ग्ल्यामर–शो भन्दा नेपाल र नेपालीको पहिचानरुपी गौरबताको शोको रुपमा प्रमाणित गरेको छ। यो बर्षको मिस नेपाल युएसए–२०१८ अमेरिकाको नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपाने बनेकी छन्। १६ प्रतियोगीलाई पछि पारेर दिलाशा मिस नेपाल युएसए–२०१८ बनेकी हुन्।
प्रकाशन मिति–२०७५ साल भदौ ७ गते विहीवार ।