• काठमाडौ। अमेरिकाको मेरिल्याण्ड राज्यमा पहिलो पल्ट नेपाल–अमेरिका इन्टरनेशनल फिल्म फेस्टिबल भएको छ। नेपाली तथा अमेरिकी चलचित्रको बृहत फेस्टिबलको रुपमा त्यहाँ आयोजना भएको हो।

  • जसको उदघाटन अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीवाट भएको मेरिल्याण्डमा नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठले भिजन संसारलाई जानकारी दिएका छन्।

  • १८ देखि २० मे सम्म आयोजित यस फिल्म फेस्टिबलमा नेपाल तथा अमेरिकाका उत्कृष्ट फिल्म प्रदर्शन गरिएको छ। साथमा विभिन्न डकुमेन्ट्री फिल्म तथा सटमुबीहरु पनि प्रदर्शन गरिएको फोटोग्राफर श्रेष्ठले भनेका छन्।

  • अमेरिकामा रहेका नेपालीहरुको बृहत सहभागिता रहेको यस फेस्टिबलमा अमेरिकीहरुले पनि अत्यन्त अभिरुचिपूर्वक हेरेको जानकारी फेस्टिबलको मेनेजिङ डाइरेक्टर समेत रहेकी ख्यातिप्राप्त नेपाली मोडल रिमा केसीले जानकारी दिएकी छन्।
  • प्रकाशन मिति–२०७५ साल जेठ ६ गते आइतवार ।