काठमाडौं। अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन्। गवार्डले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यो घोषणासंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेको हो।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछि पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन्। उनी सन् २०१५ मा अमेरिकी सेनाको मेजर समेत बनेकी थिइन ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।