काठमाडौं। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। समाचार स‌ंस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन्।

बाइडेनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन्। अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ। बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए।

बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन्। साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन्।
प्रकाशन मिति–२०७७ साल पुस ७ गते मंगलवार ।