Texas Samundrik Adhi.1काठमाडौ। अमेरिकाको साउथ टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त भएको छ। अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ।

प्रतिघण्टा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफानले तटीय क्षेत्र बढी प्रभावित भएको छ । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् । भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। टेक्सासको तटीय क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ।

आँधीका कारण भएको आगलागीमा एक जनाको मृत्यु भएको छ। अमेरिकी मौसमविद्हरुले अबको केही दिन ठूलो पानी पर्ने बताएका छन्। आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ। अमेरिकामा पछिल्लो १३ वर्षमा आएको यो नै सबैभन्दा ठूलो समुद्री आँधी हो ।(समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७४ साल भाद्र ११ गते आइतवार ।