ishwor-thapa-with-nandita-kc-4काठमाडौ। अमेरिकाको न्यूयोर्कवाट नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण कार्य प्रारम्भ भएको छ। न्यूयोर्कको ज्याक्सन हाइट तथा टाइम स्क्वायर लगायतका स्थानहरुमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको शुटिङ्ग भैरहेको जानकारी उक्त चलचित्रका निर्देशक ईश्वर थापाले अमेरिकावाट दिएका छन्।

ishwor-thapa-with-nandita-kc-1

तिव्र गत्तिमा शुटिङ्ग भैरहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा नेपालवाट त्यहाँ पुगेकी नायिका नन्दिता केसीको लिडिङ्ग रोल रहेको छ। साथमा नेपालमा कुनैबेला एक्सन हिरोको इमेज राखेका निर्देशक ईश्वर थापाले पनि विशेष भूमिकामा अभिनय गर्दैछन्।

ishwor-thapa-with-nandita-kc-2

यसको अलावा ईशान ढकाल, प्रवेश उप्रेती पल, प्रियंका अएर, कृस्स थापा,राजेन्द्र गुरुङ्ग लगायतका कलाकारहरुको अभिनय गरिरहेका छन्। शम्भु मोक्तानको छायाँकन रहेको यो चलचित्रमा कथा, पटकथा र संवाद सुरेन्द्र नकर्मीको रहेको छ। चलचित्र अमेरिकन बाबू मेड ईन नेपालमा सम्झना उप्रेती, शलिना श्रेष्ठ र केदारप्रशाद पराजुलीको लगानी रहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।