भर्जिनिया(अमेरिका)। अमेरिकाको मेरिल्याण्ड राज्यको भर्जिनियावाट नयाँ बर्ष २०१८ को अवसरमा नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले ग्ल्याम क्यालेण्डर–२०१८ प्रकाशित गरेको महिना दिन नपुग्दै सोही नामको अर्को क्यालेण्डर प्रकाशित भएको छ। जसले गर्दा भर्जिनियामा रहेका नेपालीहरुमाझ अन्यौलता छाएको पाइएको छ।

फोटोग्राफर राजीव श्रेष्ठले डिसेम्बर महिनाको पहिलो हप्ता नै अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कुमार कार्कीवाट विमोचन भएपछि सार्वजनिक भएको हो। जुन क्यालेण्डर भर्जिनियामा प्रकाशित भएपछि त्यहाँ रहेका नेपालीहरुले अत्यन्त राम्रो कार्यको शुरुवात भएको भनेर तारिफ गरेको कसैवाट छिपेको छैन्।

महिना दिनमा अत्यन्त चर्चा तथा लोकप्रियताको शिखरमा रहेको ग्ल्याम क्यालेण्डर–२०१८ को नाम हुबहु राखेर भर्जिनियामा नै रहेका दुई नेपाली रोशन पुरी तथा रोजी विश्वकर्मा खुरानाको आर एण्ड आर नामवाट ग्ल्याम क्यालेण्डर प्रकाशित भएपछि नेपालीहरुमा अलमलता आएको भर्जिनियामा नै कार्यरत नेपाली सामाजिक अभियन्ता रिमा केसीले भिजन संसारलाई बताएका छन्।

राजीव श्रेष्ठको लोकप्रियताको शिखरमा रहेको ग्ल्याम क्यालेण्डर–२०१८ को नाम हुबहु राखेर भर्जिनियामा नै रहेका दुई नेपाली रोशन पुरी तथा रोजी विश्वकर्मा खुरानाले आर एण्ड आर नामवाट प्रकाशित गरेको ग्ल्याम क्यालेण्डर

क्यालेण्डर निकाल्नु निश्चित रुपमा राम्रो कुरा हो। एउटै नामवाट निकाल्नु भन्दा फरक नामवाट निकालेको धेरै राम्रो हुनेथियो भनेर सामाजिक अभियन्ता केसीको भनाई रहेको छ।

अर्कोतर्फ फोटोग्राफर राजीव श्रेष्ठले पनि एउटै नाम राखेर आफूलेभन्दा एक महिना पछाडि प्रकाशित गर्नुले आफ्नो ग्ल्याम क्यालेण्डरको नाम लोकप्रियताको शिखरमा पुगेकै कारण त्यस्तो गर्नु र गराउनु राम्रो कार्य नभएको गुनासो गरेका छन्।

आफ्नो ग्ल्याम क्यालेण्डर–२०१८ प्रति भ्रमित नबन्न तथा क्यालेण्डर लिदा राजीव श्रेष्ठ एण्ड फोटो बैक स्टुडियो प्रिजेन्टस् नामक क्यालेण्डर हेरेर लिन अनुरोध गर्ने कार्य फोटोग्राफर श्रेष्ठले अनुरोध गरेका छन्।

प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।