काठमाडौ। अमेरिकामा आप्रवासीहरुप्रति कठोर अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन्।

अमेरिकावाट प्रकाशित खसोखास साप्ताहिकको अनलाइन संस्करणले लेखेअनुसार, अमेरिकामा रहेका कागजपत्रविहिनलाई कागजपत्रको कानुनी बाटोमा लैजान राष्ट्रपति ट्रम्प सकारात्मक रहेको छ। न्युयोर्क टाइम्सले आप्रवासी नीतिमा आमूल परिवर्तनको संकेतका रुपमा ब्याख्या गरेको छ।

Trump

मंगलबार संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले गम्भिर अपराध नगरेका लाखौं कागजपत्रविहिनहरुलाई अमेरिकामा कानुनी हैसियतको बाटोमा लैजान आफू खुल्ला रहेको बताएपछि अमेरिकामा रहेका कागजपत्रविहिनमा आशाको संचार भएको छ। ह्वाइटहाउसमा टेलिभिजनका प्रस्तोताहरुसँगको भेटमा ट्रम्पले यो समय अध्यागमनका क्षेत्रमा नयाँ कानुन ल्याउने समय भएको बताएका छन्।

डोनाल्ड ट्रम्पले गम्भिर अपराध नगरेका कागजपत्रविहिनका लागि उनले कानुनी हैसियत प्रदान गर्नसक्ने बताएपछि यसलाई टेलिग्राफले पनि मुख्य नीतिगत वदलावको संकेत भनेको छ। ट्रम्पको सम्भावित नीतिले अपराध नगरेका कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा नलगेपनि अमेरिकामा नै बस्न पाउने गरी कानुनी हैसियत भने प्रदान गर्नसक्ने बताइएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन २१ गते शनिवार ।