काठमाडौं। ख्यातिप्राप्त राष्ट्रवादी नेपाली गायिका सत्यकला राई अमेरिका पुगेकी छन्। अमेरिकाको कोलोराडोमा हुन गैरहेको बृहत सांस्कृतिक कार्यक्रमका लागि गायिका राई त्यसतर्फ पुगेकी हुन्।

हाम्रो आवाज अनलाइन टेलिभिजनको आयोजनामा नमस्ते कोलाराडो सांगीतिक सांझ अगष्ट ३ तारिखका दिन कोलाराडोमा हुन लागेको हो।

त्यस कार्यक्रममा ख्यातिप्राप्त गायिका सत्यकला राईको हङकङ आइडी लगायतका हिट गीत प्रस्तुत हुने भएको छ।

कोलाराडोको सांगीतिक कार्यक्रम पश्चात अमेरिकाको विभिन्न राज्यमा हुनगैरहेको सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने कार्यक्रम भएको गायिका राईले भिजन संसार डटकमलाई बताएकी छन्।

गायिका राई अमेरिकाको दुई महिनाको सांगीतिक कार्यक्रम संपन्न गरेर नेपाल फर्कने पनि गायिका राईले भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल असार २८ गते शनिवार ।