काठमाडौ। केही दिनअघि मात्र सेन्सर भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा यस्तो पात्र छ। जो पात्रले नेपालवाट अमेरिका आउंदा दुःख पाएका नेपालीहरुलाई हरदम–हरपल सहयोग गर्ने गर्दछन्।

त्यो पात्र वास्तविक रुपमा चलचित्रको मूल पात्र हो। ठाडै भन्नुपर्दा नायक हो। हिरोइनसंग नाचगान गर्ने तथा रहलपहल गर्ने मात्र हिरो हुंदैन्। कथावस्तुको परिवेशले त्यो पात्रलाई अपत्यारिलो तरिकाले गजबले हिरो बनाइरहेको हुन्छ।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको त्यो पात्र कलाकार प्रवेश उप्रेती पौल हुन्। प्रवेशले चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा जस्तो भूमिका निर्वाह गरेका छन्।

त्यस्तै भूमिका बास्तविक जीवनमा पनि अमेरिकामा गर्दैआएका छन्। चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक तथा सम्पादक ईश्वर थापाले सही मान्छेलाई सही भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएका हुन्।

आफूलाई दिएको जिम्मेवारी अनुरुप स्वभाविक रुपमा अभिनय गर्ने कार्य प्रवेशवाट भएको छ। नेपाली कथानक चलचित्रको पर्दामा पहिलो पल्ट स्वभाविक अभिनय गरेर सवैको वाहवाही पाएका प्रवेशको अभिनयको टर्निङ प्वाइन्टका रुपमा पनि चलचित्र अमेरिकन बाबु मेड इन नेपाल बनेको छ।

पश्चिम नेपालको पाल्पा–तानसेनको त्रिभुवन आदर्श क्याम्पसमा अध्ययनरत हुंदादेखि नै रंगमंचका नाटकहरुमा स्वभाविक अभिनय गरेर जमेका प्रवेशलाई कोरिया हुंदै अमेरिका पुग्दासमेत अभिनयको रंगले छाडेन्। जसलेगर्दा परदेशमा पनि समयले भ्याएसम्म स्टेजका कार्यक्रमहरुमा जम्दै आएका प्रवेशले केही गीतका भिडियोहरुमा अभिनय गरिसकेका छन्।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको संपूर्ण छायाँकन अमेरिकाको न्यूयोर्क शहरमा भएको हो। यो शहरमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको शुटिङ हुंदा हरतरहले सहयोग र साथ दिने कार्य प्रवेशवाट भएको हो। जसको निर्माता राजेश गुरुङ तथा निर्देशक ईश्वर थापाले खुलेर प्रवेशको प्रशंशा गर्ने गरेका छन्।

Mr.Prabesh Upreti Paul with his spouce M/s Samjhana Upreti

चलचित्र अमेरिकन बाबु मेड इन नेपाललाई अमेरिकावाटै रिलिज गर्ने हरप्रयास आफूहरुको रहेको जानकारी पनि प्रवेशले भिजन संसारलाई दिएका छन्।
प्रकाशन मिति–२०७५ साल असार ७ गते विहीवार ।