काठमाडौ। नेपालका ख्यातिप्राप्त क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी चर्चित नायिका निशा अधिकारीले बिहीवार अमेरिकामा छोरालाई जन्म दिएकी छन्।

गर्भवती भएपछि नेपालवाट अमेरिका गएर निशाले उतै पुत्रलाभ गरेकी हुन्। पुत्रलाभ भएपछि निशाले अत्यन्त खुशी व्यक्त गर्दै छोरा र आफू स्वस्थ रहेको भनेकी छन्।

निशाले छोराको नाम समेत ‘यूभान निशारद’ राखेकी छन्। चलचित्र ‘झ्यानाकुटी’ रिलिजपश्चात निशा अमेरिका लागेकी थिइन्। निशा अमेरिका गएको केही समयपछि शरद पनि उतै लागेका थिए।
प्रकाशन मिति–२०७५ साल जेठ ६ गते आइतवार ।