काठमाडौं। नेपालका ख्यातिप्राप्त फेशन कोरियोग्राफर सुरेश मानन्धरको चमत्कारिक कार्यले अमेरिकामा अत्यन्त चर्चा पाएको छ। केही समयदेखि अमेरिकामा रहंदैआएका फेशन कोरियोग्राफर तथा मोडलहरुका गुरु सुरेश मानन्धरले अमेरिकामा हुने विभिन्न फेशन–शो तथा इभेन्ट कन्टेष्टहरुमा जमेर आफूभित्रको कौशलता प्रदर्शन गर्दैआएका छन्।

त्यसमाथि, यो बर्ष अमेरिकामा आयोजित मिस नेपाल युएसए–२०१८ मा अफिसेली कोरियोग्राफर बनेर गरेको चमत्कारले अमेरिकावासीहरु नै चकित बनेका छन्। अमेरिकामा नेपाल र नेपालीको पहिचान तथा गौरबतालाई जस्ताको तस्तै कोरियोग्राफी मार्फत गौरबमय कार्य गर्न सफलता प्राप्त गरेका छन्।

भगवान बुद्ध नेपालमा जन्मेको यथार्थ तथ्यलाई जहाँ छन्–बुद्धका आँखा बोलको गीतको पृष्ठभूमिमा प्रतियोगीहरुलाई सोही अनुरुपको पहिरनमा प्रस्तुत गने र गराउने कार्यदेखि नेपालका मौलिक जातजातिका एक से एक पहिरनमा क्याटवाक गराएर नेपाली पहिचानलाई विदेशी भूमिमा गौरबताकासाथ प्रस्तुत गर्ने कार्यवाट सुरेश मानन्धरको वाहवाही भएको हो।

त्यहाँ रहेका नेपालीहरुले मात्र नभइकन अमेरिकी जनतावाट समेत तारिफ पाएका कोरियोग्राफर मानन्धर अमेरिकामा सन् २०११ देखि अमेरिकाको न्यूयोर्क शहरवाट प्रारम्भ भएको मिस नेपाल युएसएमा कोरियोग्राफर मानन्धरको सहभागिता सन् २०१४ वाट भएको हो। सन् २०१८ को इनिङमा कोरियोग्राफर मानन्धरको प्रस्तुतिमा ग्ल्यामर–शो भन्दा नेपाल र नेपालीको पहिचानरुपी गौरबतालाई प्रस्तुत गर्ने कार्य भएको थियो।

अमेरिकी भूमिमा अव यस्तै नेपालको पहिचानलाई चिनाउने गौरबमय प्रस्तुतिहरु दिदैजाने मानन्धरले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्। अमेरिका बसेर नेपाल र नेपालीको गौरबतालाई कायम गर्दै अगाडि बढ्ने सोचमा रहेका मानन्धर बेला–बखत नेपाल आउने गरेका छन्। जहाँ जताबसेपनि नेपाली हुनुको महान गौरबतालाई कदापि नभुल्ने र नेपालीहरुको हर दुःख–सुखमा सहभागी भएर अगाडि बढ्ने प्रणमा रहेका कोरियोग्राफर मानन्धर अमेरिकामा नेपाल र नेपालीको गौरबको रुपमा चम्केका छन्।

अमेरिकाका जुनसुकै कुनामा हुने फेशन–शो तथा विभिन्न व्युटी कन्टेस्टहरुमा मानन्धरकै व्यापक माग हुने गरेको छ। नेपालमा रहदा पनि हजारौ हजार मोडलहरुका दक्ष गुरु बनेर धेरैलाई मोडल बनाएर चम्काउने कार्य गरेका मानन्धरको नेपाली फेशन उद्योगमा धेरै योगदान रहेको छ।

मानन्धरको योगदानको कदर नेपाल र अमेरिका सवैतिर हुंदैआएको छ। यसवाट अत्यन्त हौशिएका कोरियोग्राफर मानन्धरले यस क्षेत्रमा निरन्तरता दिदैजाने बताएका छन्।
्प्रकाशन मिति–२०७५ साल फागुन ९ गते विहीवार।