मेरिल्याण्ड (अमेरिका)। नेपालका प्रतिष्ठित गायक तथा कलाकार श्रीजन ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको मेरिल्यान्ड राज्य समिति सर्वसम्मतिबाट गठन भएको छ।

कला र कलाकारको सारथी इनास अमेरिकाको जिउँदो श्रष्ठालाई सम्मान गरौं, अहिले नगरे कहिले गर्ने हामी नेपालीले नगरे कसले गर्ने भन्ने मुख्य नारा सहित गत नोभेम्बर १६ तारिख शनिबार मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा बसेको कार्यसमिति बैठकले सर्वसम्मतिबाट श्रीजन ताम्राकारलाई इनास मेरिल्यान्ड राज्य समितिको अध्यक्षतामा चयन गरेको हो।

इनास मेरिल्यान्ड राज्य समितिको विधिवतरुपमा प्रमाणपत्र तथा सपथग्रहणको कार्यक्रम भने गत आइतवार नोभेम्बर महिनाको २४ तारिख २०१९ मा बाल्टिमोर स्थित स्थानीय छाता संगठन बानाको कार्यालयमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ईनास ग्लोबलका महासचिव हरि शर्मा शर्मा तथा इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामा, इनास अमेरिकाका केन्द्र अध्यक्ष कृष्ण श्रेष्ठ, महासचिव रमेश मैनाली तथा केन्द्रका सदस्यहरु अमिता लामा र सन्ता प्रोखेल तथा इनास भर्जिनिया राज्य समिति सदस्य रबिन दास को विशेष उपस्थिति रहेको थियो।

उक्त भेलामा इनास अमेरिकाका केन्द्रीय उपाध्यक्ष तथा मेरिल्यान्ड राज्यसमितिका संरक्षक तथा मेरिल्यान्ड राज्यका संस्थापक निवर्तमान अध्यक्ष कनैया सिंह परियारको पनि विशेष उपस्थिति रहेको थियो। बैठकले मेरिल्यान्ड राज्य समिति गठन गरी कला र कलाकारितामा संलग्न विभिन्न ब्यक्तिहरुलाई नियुक्त गरी सन् २०१९–२०२१ सम्मको लागि कार्यभारको जिम्मेवारी दिएको छ।

पदभार कार्यक्रममा कार्यसमितिका वरिष्ठ कलाकारहरुमा गायक कन्हैया सिंह, गायिका अञ्जना गुरुङ, लोकगायक द्वय लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेल, गायक श्रीजन ताम्राकार, गायक श्याम गुरुङ, कलाकार इशा गुरुङ, ख्यातिप्राप्त नायिका सारंगा श्रेष्ठ, गायिका सरिष्मा अमात्य, गायक देव किरण शाही, गायक दिनेश भण्डारी लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

सपथग्रहण कार्यक्रममा मेरिल्यान्ड राज्यका अन्य विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरुले विगतमा इनासले गरेको कार्यको खुलेर प्रशंसा गर्दै नवगठित इनास मेरिल्यान्ड राज्य समितिलाइ समाजसेवीहरु अनुशिया वन्त, कुल गुरुङ, अम्मर छ्न्त्याल, इन्द्र थापा, कुलमणि आचार्य, मन कुमार श्रेष्ठ, दिलिप श्रेष्ठ, रमेश श्रेष्ठ लगायतले संस्थाको आर्थिक स्रोत अभिबृद्धीका लागि मन खोलेर आर्थिक सहयोग समेत उपलब्ध गरेका थिए।

मेरिल्यान्ड राज्य समितिमा रहेका पदाधिकारीहरु क्रमस अध्यक्षमा श्रीजन ताम्राकार, वरिष्ठ उपाध्यक्षमा श्याम गुरुङ, र उपाध्यक्षहरुमा क्रमशः दिनेश भण्डारी, सारंगा श्रेष्ठ, अञ्जना गुरुङ र गोपाल चन्द्र लामिछाने, सचिवमा लक्ष्मण पौडेल, सहसचिवमा रुथमान गुरुङ, कोषाध्यक्षमा इशा गुरुङ, तथा सह–कोषाध्यक्षमा कल्पना देवकोटा पौडेल निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा देव किरण शाही,मीरा गुरुङ, सरिस्मा अमात्य, सुन्दर हमाल, रमेश कुमार श्रेष्ठ, मोहन गुरुङ, अशोक उप्रेती, अमृत रामदाम, र राजिब श्रेष्ठ निर्वाचित भएका छन्।

इनास मेरिल्यान्ड राज्य समितिको संरक्षकहरुमा क्रमशः बरिष्ठ लोकगायक प्रेमराजा महत, गायक संगीतकार कन्हैया सिंह तथा कलाकार–निर्माता अनुसुया वन्त तथा अनि बरिष्ठ सल्लाहकारमा वरिष्ठ हास्यकलाकार रतन सुवेदी लाई चयन गरिएको छ। त्यस्तै अन्य सल्लाहकारहरुमा कुल प्रसाद गुरुङ, काजी कार्की, कुलमणि आचार्य, अमर छन्त्याल, क्रिस घिमिरे, शंकर घिमिरे, रबिना थापा, बैकुण्ठमान श्रेष्ठ, कुमार कार्की तथा इन्द्र थापालाई चयन गरिएको छ।


प्रकाशन मिति–२०७६ साल मंसीर १३ गते शुक्रवार ।