Moshan Picture Awardकाठमाडौ। नेपाल चलचित्र संघले प्रदान गरिदैआएको बहुचर्चित नेपाल मोशन पिक्चर अवार्ड अव नेम्पा फिल्म अवार्डको रुपमा हुने भएको छ। त्यो पनि नेपालमा नभइकन अमेरिकामा आयोजना हुने जनाएको छ।

नेपाल चलचित्र संघले शुक्रबार प्रेसमिट आयोजना गरेर जानकारी दिएअनुसार यो अवार्ड कार्यक्रम सेप्टेम्वर २ तारिखका दिन अमेरिकाको टेक्सास स्थित डालासमा हुने भएको छ। यस ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि १८ वटा विधामा अवार्ड वितरण गरिने भएको छ।

Moshan Picture Award.2नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डालास, अमेरिकासँगको सहकार्यमा यो अवार्ड कार्यक्रम अमेरिकामा गर्न लागेको आयोजक नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले भनेका छन्।

यस अवार्डमा ‘उत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, सह–नायक, सह–नायिका, नव–नायक, नव–नायिका, खलपात्र, हाँस्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायांकार, नृत्य निर्देशन गरि १८ विधा समावेश गरिएको छ । अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ। जुन हाललाई खुलासा गरिएको छैन्।

अवार्डका लागि गतबर्ष रिलिज भएका ८४ बढी चलचित्रमध्ये ४४ वटाले आवेदन दिएका छन् । जुरीहरुले चलचित्र हेरेपछि उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गर्ने आयोजक नेपाल चलचित्र संघका पदाधिकारी प्रसिद्ध चलचित्रकर्मी अर्जुन श्रेष्ठले भनेका छन्।

Moshan Picture Award.1प्रकाशन मिति–२०७४ साल असार १० गते शनिवार ।