काठमाडौं। योगको शाव्दिक अर्थ जोड हो। आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ। वर्तमान अवस्थामा योगको परिभाषा बदलिएको छ। बर्तमान अवस्थामा मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ। यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न थालिएको छ।

यस अर्थमा शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ। योग रोगी तथा निरोगी दुवैको लागि अतिउपयुक्त विनासाइड इफेक्टको पद्धति हो। यिनै योगको माध्यमबाट सवैलाई निरोगी बनाउने अभियानमा विश्वको बैभबशाली मुलुक अमेरिकाको कोलाराडोमा नेपाली चेली चुना ग्रेस राई नेल्सन क्रियाशील बनेर लागिरहेकी छन्।

कोलाराडोको सिटी अफ थोरन्टोन कोलाराडो पार्क एण्ड रिक्रेसनको प्रमुख योगा प्रशिक्षकको रुपमा कार्यरत चुना ग्रेस राई नेल्सनले बर्षेनी आफ्ना दर्जनौ योगा प्रशिक्षार्थीहरुलाई नेपाल भ्रमण गराउने कार्य गर्दैआएकी छन्। विगत एक दशकदेखि निरन्तर योगाका प्रशिक्षार्थीहरुलाई नेपाल भ्रमण गराउने रुटिन चुना ग्रेस राई नेल्सनले बनाएकी छन्। त्यसअनुरुप, चुना सफल बन्दैआएकी छन्।

यो बर्षवाट भिजिट नेपाल २०२० शुरु पनि भएको कारण अमेरिकामा आफूसंग योगा प्रशिक्षण लिइरहेका योगाका प्रशिक्षार्थीहरुलाई नेपाल भ्रमण गराएर भिजिट नेपाल २०२० लाई सफल बनाउने कार्यमा योगदान दिने बताएकी छन्। चालिस बर्ष लामो नेपाली योगा इन्स्ट्रक्टरको रुपमा अमेरिकामा ख्याति कमाइसकेकी चुना ग्रेस राई नेल्सनको जन्म हङकङमा भएको हो। चुनाको पुख्र्यौली पूर्वीनेपालको भोजपुर हो ।

भोजपुर पुख्र्यौली भएतापनि अधिकाँस समय चुनाको धरानमा वितेको बताएकी छन्। धरानको ज्ञानचक्षु ब्लाइन्ड स्कुलमा प्रिन्सिपल समेत बनेर ब्रेललिपी मार्फत अध्यापन गराउने कार्यमा पनि उच्चता कायम गरेकी थिइन्। धरानवाट काठमाडौं आएर काठमाडौंको ताहाचलमा आफैले स्कुल खोलेर शिक्षा क्षेत्रमा योगदान दिएकी चुना शिक्षाको साइक्लोजीमा डिग्री गर्न अमेरिकाको क्यालिफोर्निया पुगेकी थिइन्।

एजुकेशन साइक्लोजीमा त्यहाँ डिग्री अध्ययन सकेपछि अमेरिकामा योगा प्रशिक्षकको रुपमा कार्यरत रहेर कार्य गर्न थालेकी हुन्। शान्ति मनभित्र हुन्छ। शान्ति आफूभित्र हुन्छ। खोजी हिड शान्ति तिमीभित्र हुन्छ। यस्तै बोलका विभिन्न सांगीतिक प्रस्तुतिका साथ सिङगिङ बाउल मार्फत आनन्द दिने कार्य चुनावाट हुंदैआएको छ। आफूभित्रको शान्ति खोज्ने मेरिटेसन गराउने कार्यमा पनि त्यतिकै सक्रिय चुना प्रगतिशील गीतकार पनि हुन्।

मनग्गे गीत लेख्ने कार्य पनि चुनावाट भएको छ। कतिपय चुनाका गीत बरिष्ठ गायक तथा संगीतकार शंभु राईले गाएका पनि छ्। चाँडै नै युगिन गायक तथा संगीतकार सूर्य थुलुङलाई पनि गाउन लगाउने चुनाको योजना रहेको छ।

योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ। जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुने जिकिर चुनाको रहेको छ।

अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन्। उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन्। तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ भनेर चुनाले भनेकी छन्।। त्यस्तै, योग गर्दा रोग र आफ्नो शारीरीक अवस्थामा ध्यान दिन पनि जरुरी रहेको कुरा पनि औल्याएकी छन्।

जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोपविलोप हो । त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ । सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ।

योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ । कम्तिमा मानिसले योगलाई अंगाल्नुपर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । हामीले बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्ने लगायतका तथ्यलाई प्रमाणिक रुपमा देखाउने कार्य पनि बर्षौदेखि चुना ग्रेस राई नेल्सनले गर्दैआएकी छन्। जुन नेपाल र नेपालीको गौरबताको विषय पनि हो।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल माघ २८ गते मंगलवार ।