काठमाडौं। नासाले आयोजना गरेको विज्ञान संवन्धी सटमुबी कम्पिटिसनमा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म पुरस्कृत बनेको छ।

अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा इन्टरग्रेटेड डिजिटल मिडिया विषयमा मास्टर्स गर्दैगरेका छात्र सुविज्ञ बस्नेतले निर्माण गरेको चार मिनेट लामो सटमुबीले प्रथम पुरस्कार जितेको हो।

प्रोजेक्ट मारस् इन्टरनेशनल फिल्म एण्ड आर्ट कम्पिटिसनमा ४ मिनेट ३१ सेकेण्डको Rendezvous with Mars नामक सुविज्ञ बस्नेतले निर्माण गरेको फिल्म प्रथम पुरस्कारव्दारा पुरस्कृत भएको हो।

१० हजार अमेरिकी डलर करिब ११ लाख नेपाली रुपैयाको पुरस्कार राशी भएको यो एनिमेटेड फिल्म निर्माण गर्न सुविज्ञ बस्नेतलाई मायुख गोश्वामी र दिव्या मोरको सहयोग रहेको थियो।

एक हप्ता अहोरात्र खटे्र आफूहरुले यस फिल्म निर्माण गरेको तथा फिल्मले प्रथम पुरस्कार नै पाउंदा आफूहरुले गरेको मेहनतको उचित कदर भएको प्रतिक्रिया सुविज्ञ बस्नेतले दिएका छन्।

पुरस्कृत सुविज्ञ बस्नेत नेपालका बरिष्ठ इन्जिनियर सरोज बस्नेतका सुपुत्र हुन्।

Now watch Awarded Short Movie-

प्रकाशन मिति–२०७५ साल असोज २७ गते शुक्रबार।