न्यूयोर्क (अमेरिका)। रोटरी क्लब अफ कुइन्स न्यूयोर्क (अमेरिका)व्दारा नेपाली सेलिब्रेटीहरुलाई भव्य सम्मान गरेको छ। नेपाल र नेपालीको इज्जत–प्रतिष्ठा र मानमर्यादा बृद्धि गर्ने र गराउने कार्यमा सर्वोत्कृष्ट योगदान दिएवापत उक्त सम्मान दिएको आयोजक रोटर क्लब अफ कुइन्स न्यूर्योकले जनाएको छ।

त्यसरी सम्मान पाउनेमा नेपालका चर्चित गायक राजेश हमाल, पूर्व सांसद शान्ति जिरेल, पूर्व डिआइजी पार्वती थापा, पी थपलिया, हेलन भिलता र शान्ति राई रहेका छन्। आयोजक क्लबका अध्यक्ष मोहन वहादुर ज्ञवालीले उनीहरुलाई सम्मान प्रदान गरेका थिए।

सम्मान कार्यक्रममा रोटरी क्लब अफ कुइन्स न्यूयोर्कका प्रिसिडेन्ट इलेक्ट मोहन वहादुर ज्ञवालीको अध्यक्षतामा क्लबको बार्षिक समिक्षा गर्ने कार्यक्रम पनि भयो। कार्यक्रमका बारेमा क्लवका सचिव नवराज केसीले प्रकाश पारेका थिए।

आय–व्ययको प्रतिवेदन कोषाध्यक्ष जनक भण्डारीले प्रस्तुत गरेका थिए। कार्यक्रममा न्यूयोर्क सिटीका माननीय एसेम्ब्लीमेन ब्रायन बार्नवेलको प्रमुख आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७५ साल असार १८ गते सोमवार ।