america-ma-indrajatra-2काठमाडौ। भारतको सिक्किमका नेपालीहरुले इन्द्रजात्रा मनाएजस्तै अमेरिकामा रहेका नेपालीहरुले पनि इन्द्रजात्रा मनाएका छन्। शनिवार आयोजित कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालीहरुले इन्द्रजात्राको झलक दिने गरेर इन्द्रजात्रा धुमधामका साथ मनाएका छन्।

इन्द्रजात्राको प्रमुख आकर्षण मानिएकी जीवित देवी कुमारीको पोशाकमा एक बालिकालाई प्रतिनिधित्व गराइएको थियो। साथमा इन्द्रजात्राको अर्को आकर्षण इन्द्रको ऐरावती हात्ति अर्थात पुलुकिसी नाचको पनि प्रदर्शन गरिएको थियो।

america-ma-indrajatra-1

अमेरिकाका डायस्पोरामा पनि नेपाली कला र संस्कृतिलाई जस्ताको तस्तै प्रस्तुत गर्ने तथा त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो मौलिक परम्परालाई संझाउन पनि त्यसप्रकारको पर्व विशेष कार्यक्रम अव उप्रान्त बर्षेनी गर्दैजाने आयोजकहरुले त्यहाँ बताएका छन्।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।