deep_album 2काठमाडौ। अमेरिकाको न्यूयोर्कमा रहेकी गायिका पविता परियार र गीतकार गीता खत्रीको गीति–एल्वम दीपको न्यूयोर्कमा नै एक समारोहका वीच लोकार्पण भएको छ। नेपाली चलचित्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे तथा अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत नारायणप्रसाद मैनाली संयुक्त रुपमा लोकार्पण आइतवारका दिन भएको अमेरिकावाट भिजन संसार प्रतिनिधिले भनेको छ।

गायिका पविता परियारको विविध गीतहरु समेटिएको लोकार्पित एल्वम दीप पहिलो एल्वम हो। त्यसैगरेर, गीतकार गीता खत्रीको यसअघि स्वीकृति र अमूल्य नामक दुई एल्वम सार्वजनिक भैसकेको छ। लोकार्पण समारोहमा प्रमुख अतिथि बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले पैसाको भरमा अमेरिकातिर बस्नेले मात्र साहित्य लेख्ने गर्छन् भन्ने नेपालतिरको हेराई तथा दृष्टिकोण गलत भएको बताउंदै अमेरिकामा साहित्य सिर्जना गर्न अझ कठिनाई भएको आफूले देखेको बताए।deep_album 1शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य अतिथिहरुमा महावाणिज्यदूत नारायण प्रशाद मैनाली, प्राज्ञ हरीबहादुर थापा, एडवान प्रेसिडेण्ट डा. बिष्णु माया परियार, डा. तारा निरौला, डेपुटी कोन्सुल प्रविण भट्टराई, अनेसास न्यू योर्क च्याप्टर अध्यक्ष: राजेन्द्र श्रेष्ठ, नासो कम्युनिटी प्रेसिडेण्ट गोपाल बिश्वकर्मा, नेपाली जनसम्पर्क समिती अमेरिका (नेजससअ) केन्द्रीय संगठन विभाग प्रमुख बेद खरेल, ब्याबसायी एबं समाजसेवी कृष्ण जिवी पन्त, एनआरएन सल्लाहकार यम अधिकारी, नेजससअ मेरील्याण्ड च्याप्टर अध्यक्ष राज सेन्चुरी, चलचित्र निर्माता रबी कार्की (कोलोराडो), अनेसास न्यूयोर्क च्याप्टर महासचिव शकुन ज्ञवाली, साहित्यकार बिनोद रोका, अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष ज्योती पौडेल र अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष बिकाश बिस्ट थिए।

deep_album 3कार्यक्रमका अवसरमा स्रष्टा र गायिकाको सम्बन्धमा छोटो भिडियो परिचय प्रस्तुत गर्नुका साथै दुई वटा म्यूजिक भिडियो प्रस्तुत गरिएको थियो । कलाकार यशोदा राई र वाल कलाकार सिम्रन अधिकारीले ‘दीप’ एल्बमको गीतहरु ‘नाँच्न मन लाग्छ’ र ‘मन मन्दिरमा तिमी’ गीतमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम संचालन पत्रकार प्रदीप थापा परियार मगरले गरेका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख ३१ गते शुक्रबार ।