काठमाडौं। अमेरिका पत्नी सीता दाहालको उपचारको क्रममा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उजुरी परेको छ। प्रचण्डलाई अमेरिकामा पक्राउ गर्नुपर्ने माग सहित त्यहाँ रहेका एक नेपालीले नै उजुरी गरेका हुन्। त्यसरी उजुरी गर्ने अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा.तिलक श्रेष्ठले उजुरी हालेको खवर रहेको छ।

डा.श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेको त्यहाँवाट प्राप्त समाचारमा उल्लेख रहेको छ। अमेरिकाले पूर्व आतंककारीको सूचीमासमेत राखेका प्रचण्ड, पत्नीको उपचारका लागि अमेरिका भ्रमणमा आएको र प्रचण्डलाई पक्राउ गर्नुपर्ने माग सहित उजुरी गर्ने कार्य डा.श्रेष्ठवाट भएको छ। प्रचण्डको नेतृत्वमा भएको १२ बर्ष लामो जनयुद्धमा १७ हजार नेपालीको मृत्यु भएको डा.श्रेष्ठले व्यूरोलाई पठाएको उजुरीमा उल्लेख गरेका छन् ।

अमेरिकाले आतंकवादलाई माफ नगर्ने र मानवीय कानूनमा प्रतिवद्ध रहेको समेत डा.श्रेष्ठले स्मरण गराएका छन्। यसअघि नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत गएको बेला यस्तै उजुरीका आधारमा सन् २०१३ मा पक्राउ गरिएको थियो। अमेरिकामा प्रचण्डका लागि अमेरिकाकाले विशेष रुपमा जारी गर्ने नो इन्भेष्टिगेशन भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ।

यसले गर्दा प्रचण्ड विरुद्ध अमेरिकामा जस्तोसुकै उजुरी आएतापनि यो सर्कुलर पश्चात कुनै अनुसन्धान तथा कारवाही हुंदैन्। अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर अमेरिकी सरकारले जारी गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते मंगलवार ।