काठमाडौं। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आरले अमेरिकामा भव्य नेपाली फेसन–शोको आयोजना गर्ने भएको छ।

 

अमेरिकाको राजधानी वासिङटन डीसीको हायात रेजेन्सीमा भव्य नेपाली फेसन–शो हुन लागेको हो।

यही आउने सेप्टेम्बर २२ का दिन नेपाली फेसन–शो हुने जानकारी आयोजक आर एण्ड आर ग्रुपका इभेन्ट कोर्डिनेटर आरती सिंह ठकुरीले भिजन संसार डटकमलाई दिएका छन्। इभेन्ट कोर्डिनेटर आरती सिंह ठकुरीका अनुसार, एक से एक ख्यातिप्राप्त नेपाली मोडलहरुले विभिन्न फेसन डिजाइनमा क्याटवाक गर्ने भएका छन्।

जसवाट नेपाली परम्परागत फेसन देखि अत्याधुनिक फेसनसम्मको परिचय तथा प्रस्तुति दिइने भएको छ। उक्त फेसन–शोमा KASA (Made in Nepal)का डिजाइन तथा कन्सेप्ट रहने भएको छ। अफिसेली फोटोग्राफर विक्रान्तमान श्रेष्ठ रहेका छन्।

प्रकाशन मिति–२०७६ साल भदौं १८ गते बुधवार ।