टेक्सास । अमेरिकामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पव्दारा हालसम्मकै बृहत स्वागत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गरेका छन्। दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएको टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीको भव्य स्वागत गरेका हुन्।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा ठूलो भव्य स्वागत भएको बताएका छन्। करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले पूर्णतया ऐतिहासिक कार्यक्रम भनि टिप्पणी गरेका छन्।

उक्त कार्यक्रमको नाम हाउडी मोदी राखिएको थियो। जसको अर्थ बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गर्ने गरिन्छ। मोदीले भारतमा सव ठी छ भन्दै सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने ठोकुवा गरेको बीबीसीले उल्लेख गरेको छ।

ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद र हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई दिए। उनले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिए। र, उनीसँगै कार्यक्रममा सहभागी हुँदा रोमाञ्चित भएको बताए।

ट्रम्पले मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीबाट माथि उठेको बताए। ट्रम्पले भारतसँगको सुरक्षा सहयोग बढ्ने छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल, र हवाई सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी दिए। त्यसपछि प्रधानमन्त्री मोदी र कार्यक्रममा उपस्थित मानिसहरूले उभिएर ताली बजाएका थिए।


प्रकाशन मिति–२०७६ साल असोज ६ गते सोमवार ।