अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सब संपन्न भएको छ। न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा बार्षिक उत्सव भएको हो।

कार्यक्रममा बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई कदर तथा युवा प्रतिभाहरुलाई युवा प्रतिभा पहिचान पुरस्कार प्रदान गरिएको छ।

अतिथी सम्मानद्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नाट्यकर्मी रामराज क्षेत्री, न्यूयोर्क शहर सबवे सिस्टमका टनेल ईन्जिनियार मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेशजङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, मिस नेपाल युएसका संस्थापक अमित शाह, न्यूयोर्ककी महिला ब्याबसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् भने अतिथी सम्मानद्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन्। त्यसैगरी, युवा प्रतिभा पहिचान पुरस्कारबाट संयुक्त राष्ट्र संघ युवा एसेम्बली प्रेसिडेण्ट जोली अमात्य, युवा लेखक राजन थपलिया, अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा प्रेसिडेन्सियल अनर रोलद्वारा सम्मानित युवा कन्चन अमात्य र डेभ्लप्मेण्ट डिले हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ।

युएसनेपालअनलाइनकी आजिवन सदस्य शारदा छेत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य एवं अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की पूर्व केन्द्रिय अध्यक्ष गीता खत्रीले गरेकी थिईन् भने प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए।

सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै समाजका लागि थप योगदान पुर्‍याउन जिम्मेवारी बढेको उल्लेख गरेका थिए। उद्घाटन सत्रको सन्चालन शैलेश श्रेष्ठले गरेका थिए भने अन्य समारोह शकुन्तला ज्ञवालीले सन्चालन गरेकी थिईन्।


प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।