US Help 2काठमाडौ। नेपालको पूर्वी तराईको जिल्ला महोत्तरीको बर्दिबासमा रहेको पिछडिएको मुसहर बस्तीमा एकिकृत नमूना बस्ती निर्माणको लागि सहयोग रकम आउने क्रम जारी रहेको छ।

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेको मुसहर बस्ती निर्माणका लागि अमेरिकाको कनेक्टीक राज्य स्थित स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजका प्रवासी नेपालीहरुलाई सहयोग रकम प्रदान गरिएको छ।

US Help 3अमेरिका स्थित प्रवेश उप्रेती पौलले भिजन संसारलाई दिएको जानकारी अनुसार गत तिहारमा देउसी–भैलो कार्यक्रम गरेर उठेको नेरु.७४ हजार ४ सय ९७ रुपैया र ४० पैसा धुर्मुुस–सुन्तली फाउन्डेसनका संस्थापक कोषाध्यक्ष कुञ्जना घिमिरेको नाममा मनिग्राम मार्फत पठाइएको छ।

US Help 1उक्त रकम जम्मा गर्न प्रवेश उप्रेती पौल, श्याम प्रकाश गिरी, सरस्वती तिवारी, प्रदीप खनाल, लीला भट्टराई, तेज गिरी, इन्द्र भुसाल, दीपक ज्ञवाली, प्रकाश कँडेल, नारायण खनाल, यादव जोशी, कपिल ज्ञवाली, अनु बस्ताकोटी, सत्या सापकोटा, श्रृजना अधिकारी, किरण दाहाल राजु भट्टराई लगायतकाको सहयोग रहेको बताइएको छ।

प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।