–विजय थापा
वासिङटन डीसी। अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन्।

शेर्पा समुदाय हिमाल चढ्ने,हिम चुचुरोमा खेल्ने,हिम शिखरमै रमाउने र सयौं कीर्तिमान कायम गरि रहने आटिला,जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल भएका हुन्।

साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय (एकाउन्टीङ्ग) समेतमा उतिर्ण हुदै अमेरिकी अधिवक्ता बनि शेर्पा समुदाय तथा मातापिताकै नाम ,ईज्जत र प्रतिष्ठा उच्च बनाउन सफल भएका छन। अमेरिकामा रहेका नेपाली मूलक शेर्पा समुदायको ईतिहास उनी सम्भवत प्रथम अधिवक्ता हुन् ।

अमेरिकामा अहिले सम्म नेपालीमूलका शेर्पा जातिमा कोही पनि वकिल भएको समाचारहरु आएका छैनन। उनले मे २० ,२०२२ का दिन रजर विलियम युनिभर्सिटीवाट कानुन उपाधिमा स्नातक गरेका हुन् ।

अधिवक्ता हुन साथ आगामी अगस्त महिना देखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए–एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा काम थाल्ने भएका छन्। साङ्गे शेर्पालामा सामाजिक अभियन्ता बुवा छेवांग शेर्पालामा र आमा आंग फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुन्।
प्रकाशन मिति–२०७९ साल जेठ ७ गते शनिवार ।