काठमाडौं। भौतिक रुपमा शरीर अमेरिकामा रहेतापनि मन त नेपालमा नै हो। नेपालको काठमाडौंको त्यही न्यूरोडमा मन घुमिरहने, हनुमानढोकाको कालभैरब तथा इन्द्रचोकको आकाश भैरब दर्शन गरिरहेको हरदम सोच अमेरिकामा रहेका नेपाली गायक तथा संगीतकार सृजन ताम्राकारको रहेको छ।

विभिन्न बाँध्यता तथा विवशताले परदेशमा रहेतापनि नेपाललाई हरेक पल मुटुमा राखेर देश वोकेर हिंडे्का ओकिली ब्याण्डका चर्चित गायक तथा संगीतकार सृजन ताम्राकार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) मेरिल्याण्ड राज्यका अध्यक्ष पनि हुन्।

पदमा रहेतापनि नरहेको अवस्थामा अमेरिकामा रहेका नेपालीहरुलाई आपत–विपत परेको बेला सहयोग गर्दैआएका अध्यक्ष ताम्राकारको अगुवाईमा बिपदमा परेका नेपाली कलाकारहरुको लागि आकस्मिक कोषको स्थापना गर्न सहयोग संकलन शुभारम्भ भएको छ।

अघिल्लो हप्ता अमेरिकाको भर्जिनियामा सम्पन्न इनासको नर्थ अमेरिका महाधिवेशनबाट मेरिल्याण्ड राज्य समितिको अध्यक्षको पुनः दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका सृजन ताम्राकारले आफ्नो जन्मदिनको अवसरमा पारेर नेपाली भाषा, साहित्य र कला क्षेत्रमा समर्पित सर्जकहरुको भइ आईपर्ने आकस्मिक सहयोगको संस्थागत बिकास र ब्यबस्थापनलाई मध्यनजरमा राखेर “ईनास आकस्मिक कोष” को अवधारणालाई अघि सारेका हुन्।

सृजन ताम्राकार आफैले सहयोगको प्रारम्भ गरेर सबै कलाप्रेमी मनकारी मन र दानवीरहरुलाई यो पवित्र कार्यमा सहयोग गर्न समेत आव्हान गरेका छन्। आएको सहयोगलाई आकस्मिक कोषमा जम्मा गरेर त्यसवाट ईनास मार्फत संसारका जुनसुकै कुनामा विपदमा रहेका नेपाली स्रष्टा र सर्जकहरुलाई सहयोग गर्ने लक्ष्य राखेको ताम्राकारले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।
प्रकाशन मिति–२०७८ साल भाद्र २२ गते मंगलवार ।