Haribansh son marriage 1

Haribansh son marriage 4काठमाडौ। ख्यातिप्राप्त हाँस्यअभिनेता हरिवंश आचार्यको जेष्ठ पुत्र त्रिलोकबंश आचार्यको हालै अमेरिकामा अमेरिकी युवतीसंग नेपाली परम्परामा विवाह संपन्न भएको छ। जेठो छोरा त्रिलोकको विवाहको लागि भनेर अघिल्लो हप्ता हरिबंश आचार्य पत्नी रमिला र कान्छो पुत्र मोहितका साथमा अमेरिका प्रस्थान गरेका थिए।

Haribansh son marriage 2Haribansh son marriage 3Haribansh son marriage 4

लामो समय देखि अमेरिका बस्दैआएका हरिबंश पुत्र त्रिलोकले अमेरिकी युवती जोए लेवस्किीसंग प्रेम विवाह गरेका हुन्। छोराको चाहना अनुरुप अमेरिकी बुहारी भित्राउने कार्य भएको हरिवंश आचार्यले भनेका छन्। नेपाली हिन्दू परम्पराअनुसार संपूण विधि–विधान पूरा गरेर गरिएको विवाहमा अमेरिकामा रहेका अधिकाँस नेपालीहरुको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।