काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो नोभेम्बर २३ तारिखका दिनवाट स्थापनाको एक बर्ष पुगेको छ। यस अवसरमा हामी नेपाली ग्लोबल स्थापना भएको अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा प्रथम अन्तरराष्ट्रिय सम्मेलन भएको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई जानकारी दिएअनुसार, नोभेम्बर २३ तारिखका दिन न्यूयोर्कको क्वीन्स पब्लिक लाइब्रेरीवाट विश्वभरवाट अमेरिकाको न्यूयोर्क आइपुगेका नेपालीहरुको भव्य शान्ति पदयात्रा भएको छ।

पदयात्रा पश्चात सोही स्थानमा प्रथम स्थापना दिवस मनाएर विश्वभरका नेपालीहरुलाई एक हौ भन्ने सन्देशलाई व्यापक रुपमा प्रवाहित गरिने कार्य भएको केन्द्रिय अध्यक्ष लामाको भनाई छ। हालसम्म विश्वभरका ४० राष्ट्रमा हामी नेपाली ग्लोबल विस्तार भैसकेको छ।

विश्वभर रहेका नेपालीहरुलाई कुनैपनि आपत–विपत पर्दा नेपालीहरुव्दारा नै सहयोग गर्ने माध्यमको रुपमा हामी नेपाली ग्लोबल रहेको छ। यही उदेश्य तथा सोच अनुरुप हामी नेपाली ग्लोबलको स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।

त्यसको अलावा हामी नेपाली ग्लोबलको माध्यमवाट मातृभूमि नेपाललाई आपत–विपत पर्दा पनि विभिन्न सहयोग गर्ने कार्य गर्दैआएको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्। हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलन नोभेम्बर २४ तारिखका दिन समापन भएको छ।

दुईदिने ऐतिहासिक भव्य कार्यक्रममा विश्वभरवाट आएका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय महासचिव मंगलदास श्रेष्ठले बताएका छन्।

त्यस्तै, हामी नेपाली ग्लोबलका बोर्ड अफ डाइरेक्टर अर्जुन खड्काले हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलन सवै नेपालीको लागि फलदायक भएको तथा यसले विश्वभरका नेपालीहरुमा भाइचारा अभिबृद्धि गर्न र गराउन टेवा दिएको प्रतिक्रिया दिएका छन्।
प्रसारण मिति–२०७६ साल मंसीर ८ गते आइतवार ।