Canada.1क्यानाडा। क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन्।

Canadian Prime Minister Justin Trudeu
Canadian Prime Minister Justin Trudeu

ट्विटरमार्फत् उनले भनेका छन् “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन्। “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उनले ट्विट गर्दै भनेका छन् ।

Canada

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका हुन्। ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन्।

सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ। सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ। एएफपी
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।